‘सुर-वाहिनी’ सांगीतिक साँझ चैत्र ९ गते हुने, शम्भूजीत बाँस्कोटालाई सम्मान गरिने
‘सुर-वाहिनी’ सांगीतिक साँझ चैत्र ९ गते हुने, शम्भूजीत बाँस्कोटालाई सम्मान गरिने
काठमाडौं । आठौं फादर इ.एल. वाट्रीन मेमोरियल कल्चरल अवार्ड तथा ‘सुर–वाहिनी’ सांगीतिक–साँझ आयोजना हुने भएको छ । सेन्ट जेभियर्स कलेजको आयोजनामा चैत्र ९ गते बुधबार आठौं फादर इ.एल. वाट्रीन मेमोरियल कल्चरल अवार्ड तथा ‘सुर–वाहिनी’ सांगीतिक–साँझ कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने शम्भूजीत बाँस्कोटालाई सम्मान गरिने भएको छ । साथै नेपालको संगीतकारहरुबाट ‘सुर–वाहिनी’ साँझ समेत हुनेछ ।
कार्यक्रम फादर वाट्रीन मेमोरियल हल, सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौंमा साँझ ५ बजेदेखि ७ बजेसम्म हुने छ ।













