१० श्रावण २०८३, आइतबार

धितोपत्र बोर्डद्वारा आईपीओ निष्कासन गर्न थप २ कम्पनीलाई अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न २ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्न अनुमति दिएको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ किाष्काशनको अनमुति दिएको हो ।

रिभर फल्स पावर लिमिटेडले अनुमति पाएसँगै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने छ । कम्पनीले गत साउन १३ गते आईपीओ निष्काशनको लागि निवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, अब सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुमति पाएसँगै प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने छ । लघुवित्तले गत असोज ११ गते आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।