लुप नेटवर्कसले ४ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आइडिया टू आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
लुप नेटवर्कस लिमिटेडले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री गर्न बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
दुवै कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।













