कुमारी बैंकको २१ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कुमारी बैंकको २१ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम



काठमाडौं कुमारी बैंक लिमिटेडले २० औं वर्ष सफलतापुर्वक सम्पन्न गरी २१ औंै वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम अन्य स्वयम सेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरेका छन् । देशमा स्वास्थ उपक्षर्को लागि आवश्यक रगत आपुर्तिमा उक्त कार्यकमबाट सन्कलित रगतबाट केही सहज हुनेमा आयोजक विश्वस्त रहेको छ ।

कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग १९७ शाखा संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग मार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।

साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वासनिय र सबल बैंकको रुपमा स्थापित हुने प्रतिवदता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्