१० श्रावण २०८३, आइतबार

आईपीओ निष्काशनको अनुमति माग्दै ३ कम्पनी धितोपत्र बोर्ड पुगे, कुन कम्पनीको कति ?



काठमाडौं । आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि विभिन्न ३ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएका छन् । कालिञ्चोक दर्शन लिमिटेड, सीटी होटल लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्काशनका धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

कालिञ्चोक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि चैत १५ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै चैत्र २५ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित दरका २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, सीटी होटल लिमिटेडले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै चैत्र ३० गते धितोपत्र बोर्डमा आवेदन दिएको हा् । कम्पनीले सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित दरका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।