१२ श्रावण २०८३, मंगलबार

भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन स्वस्थ्य मन्त्रालयका आग्रह



काठमाडौं । पछिल्लो समय छिमेकी राष्ट्र भारतमा निरन्तर कोरोनाबाट संक्रमित हुने संख्या वृद्धि भएको हुदाँ नेपालमा समेत सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

बिहिबार मन्त्रायलले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेको जनाएको छ । साथै मन्त्रालयले कोभिड १९ विरुद्दको पूणै मात्रा खोप लगाउन तथा खोप लगाउन प्रेरित गर्ने समेत अनुरोध गरेको छ ।

त्यस्तै, पूर्ण मात्राको खोप लगाइ सकेका ब्यक्तिले ३ महिना पछि बुस्टर मात्रा खोप लगाउन समेत मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।