१२ श्रावण २०८३, मंगलबार

खल्तीले ल्यायो ५० रुपैयाँमा मै ‘वान प्लस १० प्रो’ जित्ने अफर



काठमाडौं । खल्ती डिजिटल वालेटले नयाँ अफर सार्वजनिक गरेको छ । खल्तीलेमात्र ५० रुपैयाँमा १ लाख ३५ हजार बराबर को ‘वान प्लस १० प्रो’ जित्ने अफर सार्वजनिक गरेको हो ।

साथै रिचार्ज गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि जनाएको छ । प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर “खल्ती मा वान प्लस १० प्रो” बाट मात्र ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने छ । त्यो रकम राखिएको नम्बरमा रिचार्ज हुनेछ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन् । अन्तिममा एक जना भाग्यशाली बिजेताले प्राप्त गर्न सक्नुहुनेछ वान प्लस १० प्रो साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नु हुनेछ उक्त अफरमा सहभागी हुन केवाईसी भेरिफाइड अनिवार्य छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन् ।

यो अफर ८ बैशाख देखि सुरु हुदैँ जेष्ठ २१ सम्म लागु हुनेछ । खल्तीमा वान प्लस १० प्रो” को बिजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ ।