प्रतिकित्ता १६० रुपैयाँमा सनराइज बैंकको १ लाख १० हजार कित्ता शेयर बिक्रीमा, कसले आवेदन दिन पाउँछ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रतिकित्ता १६० रुपैयाँमा सनराइज बैंकको १ लाख १० हजार कित्ता शेयर बिक्रीमा, कसले आवेदन दिन पाउँछ ?



काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो ।

बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख १० हजार २५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता १६० रूपैयाँ तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्