एनएमबि लघुवित्तको अधिकांश सूचकमा गिरावट
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १६.७५ प्रतिशत घटेर १० करोड ५३ लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ०.८३ प्रतिशत घटेर ३३ करोड ७० लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३३ करोड ९९ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ६.९८ प्रतिशत घटेर ४० करोड ८१ लाख ८६ हजार रुपैयाँ र सञ्चालन नाफा १६.३६ प्रतिशत घटेर १६ करोड ७५ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २१.५० प्रतिशत बढेर ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष १७.६९ प्रतिशत बढेर ३४ करोड ५२ लाख २९ हजार रुपैयाँ, सापटी ११.०३ प्रतिशत बढेर ३ अर्ब १४ करोड २४ लाख २० हजार रुपैयाँ, निक्षेप १२.१५ प्रतिशत बढेर २ अर्ब ५६ लाख ६७ हजार रुपैयाँ र कर्जा १२.१२ प्रतिशत बढेर ५ अर्ब ८८ करोड ७४ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८४ पैसा घटेर २१ रुपैयाँ ४३ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ६४ पैसा रहेको छ ।













