नबिल बैंकको करिब २९ हजार कित्ता शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नबिल बैंकको करिब २९ हजार कित्ता शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २८ हजार ९८५ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको ९ हजार ४२८ कित्ता, त्रिलोक चन्द्र अग्रवालको १० हजार ९५१ कित्ता र तुलसीराम अग्रवालको ८ हजार २१० कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ५ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय तिनधारा काठमडौं स्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री प्रकृया अघि बढाइने जानकारी बैंकले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्