सनराइज बैंकले आइतबार समेत २९ शाखाबाट बैंकिङ सेवा संचालन गर्ने
काठमाडौं । सनराइज बैंक लिमिटेडले आइतबार पनि २९ वटा शाखा कार्यालय मार्फत बैंकिङ सुविधा प्रदान गर्ने भएको छ । नेपाल सरकारले हप्ताको २ दिन आइतबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै शाखा संचालन गर्ने लागेको हो ।
नेपाल राष्ट्र बैंकले समेत बैंकहरुमा आइतबार बिदा दिने निर्णय गरेपनि सनराइज बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न शाखा संचालन गर्ने जनाएको हो । बैंकले प्रदेश १ को इटहरी, विराटनगर र विर्तामोड शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म संचालन गर्नेछ ।
त्यस्तै, मधेश प्रदेशको वीरगंज, राजविराज र बर्दिबास शाखा बिहान ११ बजेदेखि २ बजेसम्म, बाग्मती प्रदेशका गैह्रिधारा, भक्तपुर, न्यूरोड, तिनकुने, कालिमाटी, गोंगबु, नारायणघाट शाखा बिहान १० बजेदेखि १ बजेसम्म र गाबहाल शाखा दिउँसो १ बजेदेखि ४ बजेसम्म संचालन गर्नेछ ।
गण्डकी प्रदेशको पोखरा, डुम्रे शाखा बिहान १० बजेदेखि १ बजेसम्म, लुम्बिनी प्रदेशको भैरहवा, नेपालगंज, सुनवल र बुटवल शाखा ११ बजेदेखि २ बजेसम्म, कर्णाली प्रदेशको विरेन्द्रनगर शाखा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म संचालन गर्नेछ ।
साथै, सुदुरपश्चिम प्रदेशको धनगढी, सुख्खड र महेन्द्रनगर शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन रहने बैंकले जनाएको छ ।













