‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन
काठमाडौं । खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ । यस सुविधा सुचारु भए लगत्तै खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलो पटक आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा लिंक गर्दा तत्काल १ सय बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
त्यति मात्र नभएर, एनसीसी बैंक लिमिटेडले अब खल्तीसँग बैंक लोड र बैंक ट्रान्सफर सेवा पनि उपलब्ध भएको छ । यी सेवाहरू मार्फत प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेडको इबैङ्किङ र एमब्याङ्किङ प्रयोग गरी खल्तीबाट सजिलैसँग पैसा पठाउन र झिक्न सक्नेछन् ।
आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि बोनस र स्मार्टफोन दुबै लागू हुनेछ। बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्छ ।
साथै, एनसीसी बैंक वा खल्तीमा उपलब्ध अन्य कुनै पनि बैंकलाई पहिलो पटक लिङ्क गर्न रिफर गर्ने जो कोहीले पनि बैंक रेफरलमा रु.५० प्राप्त गर्न योग्य हुनेछन्। बैंक लिङ्क सेवाले प्रयोगकर्ताहरूलाई वालेट लोड नगरी सजिलै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ, स्क्यान र भुक्तानी, र अन्य उपलब्ध सेवाहरू जस्ता प्रत्यक्ष बिल भुक्तानी गर्न सकिन्छ।













