गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कस्ले दिन पाउछन् आवेदन ?
काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।
बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएकोमा संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी असार १५ गते भित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













