सिभिल बैंकको ३ लाख ७० हजार कित्ता शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिभिल बैंकको ३ लाख ७० हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ७० हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका ५ जना संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजा संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ १३ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय सुन्धारा काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिमा संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थाले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्