प्रभु बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?



काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३९ हजार ८२० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालले २९ हजार ८२० कित्ता शेयर र नितु अग्रवालले १० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ १५ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बवरमहल काठमाडौंमा आवेदन दिन सकिनेछ ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्रथामिकता दिदैं खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्