लगानी गर्ने होइन त ? हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लगानी गर्ने होइन त ? हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप



काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने दिने म्याद दोस्रो पटक थप भएको छ । कम्पनी बैंशाख २५ गते देखि बिक्रीमा ल्याएको आइपीओमा आवेदन दिने छिटो अवधि जेठ ८ गतेसम्म भएपनि यस अवधिमा माग अनुसारको आवेदन नपरे पछि ढिलो अवधि जेठ १६ गतेसम्म थप गरेकोमा सो अवधिमा पनि माग अनुसारको आवेदन नपरेपछि जेठ २३ गतेसम्म म्याथ थप गरेको कम्पनीले जनाएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ ८ गते र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्