बजेटबारे विष्णु पौडेलको टिप्पणीः गोश्वारा भाषामा लेखिएको निबन्ध जस्तो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजेटबारे विष्णु पौडेलको टिप्पणीः गोश्वारा भाषामा लेखिएको निबन्ध जस्तो



काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकारले ल्याएको बजेट गोश्वारा भाषमा लेखिएको निवन्ध जस्तो रहेको आरोप लगाएका छन् । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमाथि मंगलबारबाट प्रतिनिधिसभामा शुरु भएको छलफलमाथि बोल्दै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले यस्तो आरोप लगाएका हुन् ।

साथै उनले केपी ओली नेतृत्वको सरकारले तुलनात्मक रूपमा सबल अर्थतन्त्र हस्तान्तरण गरेकोमा परमादेशबाट आएको सरकारले तहसनहस बनाएको आरोप लगाएका छन् । यस बजेटले निर्धारण गरेको ८ प्रतिशतको वृद्धिदर अविश्वसनीय र आधारहीन रहेको उनको तर्क रहेको छ ।


प्रतिक्रिया दिनुहोस्