८.०३ प्रतिशत ब्याज पाइने बिओके प्रिमियम प्लस बचत खाता सार्वजनिक, यी सुविधा निशुल्क - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

८.०३ प्रतिशत ब्याज पाइने बिओके प्रिमियम प्लस बचत खाता सार्वजनिक, यी सुविधा निशुल्क



काठमाडौं । ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले बिओके प्रिमियम प्लस बचत खाता सञ्चालनमा ल्याएको छ । हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदरभन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सक्नेछन् ।

‘अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर पाउन सक्नेछन् । साथै १० हजार रुपैयाँको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ ।

ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, क्यालेन्स सर्टिफिकेट, डिम्याट खाता, इकमर्स एक्टिभेसन, एबिबिएस, खाताको विवरण, मेरो शेयर, कनेक्ट आइपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध गर्ने बैंकले जनाएको छ ।

यस बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।

  • वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।
  • न्यूनतम् मौज्दात रु. १०,०००।
  • त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
  • निशुल्क चेक बुकको ब्यवस्था ।
  • ब्यालेन्स सर्टिफिकेट को लागि कुनै शुल्क नलाग्ने ।
  • सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
  • विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक इकमर्स एक्टिभेसन सेवा निशुल्क प्रदान गरिने ।
  • ग्राहकहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
  • पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
  • निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
  • पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा ।
  • पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको सुबिधा ।
  • पहिलो वर्ष निःशुल्क कनेक्ट आइपीएस सुबिधा ।

साथै, बैंकको ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउन सकिने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्