एनआईसी एशिया बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी
काठमाडौं । एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमा वापतको रकम भुक्तानी गरेको छ । बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।
खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको १० लाख रुपैयाँ रकम निजको परिवारलाई भुक्तानी गरिएको बैंकले जनाएको छ । निजको पति भगौती प्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको हो ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत १ करोड ८० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ३ करोड रुपैयाँ र मेडिकल बीमा वापत २ करोड ६१ लाख रुपैयाँ गरी कूल ४ करोड ७१ लाख रुपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेको छ ।
बैंकले हाल आएर सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कूल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावहरू सामू ल्याएको छ ।













