माछापुच्छ्रे बैंक ग्राहकलाई काठमाण्डु प्याथल्याव र ग्लालेक्सी स्पेसियालीटिमा २५ प्रतिशत छुट
काठमाडौं । माछापुच्छ्रे बैंक र काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि (महाराजगञ्ज) र ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रालि (महाराजगञ्ज) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याव एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५ प्रतिशतसम्म छुट पाउने छन्् । त्यसै गरि ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रालिबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट–के्रडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने छन् । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।













