२ हाइड्रोपावर कम्पनीले पायो बोर्डबाट आईपीओ निष्कासनको अनुमति, कुनको कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२ हाइड्रोपावर कम्पनीले पायो बोर्डबाट आईपीओ निष्कासनको अनुमति, कुनको कति ?



काठमाडौं । २ हाइड्रोपावर कम्पनीहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएका छन् । सयपत्रि हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डबाट जेठ १८ गते अनुमति पाएका हुन् ।

सयपत्रि हाइड्रोपावर
सयपत्रि हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले अब १०० रुपैयाँ अंकित दरमा पहिलो चरणमा स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । यस कम्पनीले पनि १०० रुपैयाँ अंकित दरमा पहिलो चरणमा स्थानीयको लागि आईपीओ निष्कासन गर्नेछ त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्