हिमालयन बैंकको शेयर कारोबार खुल्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन बैंकको शेयर कारोबार खुल्यो



काठमाडौं । हिमालयन बैंकको रोक्का भएको शेयर कारोबार फुकुवा गरिएको छ । दोश्रो बजारमा हिमालयन बैंकको शेयर कारोबार खुला भएको हो ।

एक वर्षअघिदेखि रोक्का रहेको बैंकको शेयर सोमबारदेखि कारोबार फुकुवा भएको हो । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले बैंकको आधारभूत सेयरधनीहरु बाहेकका शेयरधनीको कारोबार खुलाएको जनाकारी दिएको हो ।

बैंकको शेयर कारोबार खुलेसँगै लगानीकर्ताले खरिद बिक्री गर्न पाउने भएका छन् । पछिल्लो कारोबारमा बैंकको शेयर प्रतिकित्ता ३९८.७५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्