किसान लघुवित्तको निमित्त सीईओको जिम्मेवारीमा देबेन्द्र बहादुर शाह - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

किसान लघुवित्तको निमित्त सीईओको जिम्मेवारीमा देबेन्द्र बहादुर शाह



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्र बहादुर शाहलाई नियुक्त गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि निमित्त सिईओमा नियुक्त गरेको हो ।

जेठ २१ गते बसेको संचालक समितिको बैंठकले संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहको जेठ २१ गतेबाट लागू हुने गरी राजीनामा स्वीकृत समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्