नेप्सेमा एक कम्पनीको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ४० प्रतिशत हकप्रद शेयर बापतको ४६ लाख ३० हजार ३४४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि चैत्र १३ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।














