अर्थमन्त्री-गभर्नर टसलकाे अषर सेयर बजारमा, १ अर्ब २७ करोडको कारोबार हुदाँ ७ उपसूचक राताम्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थमन्त्री-गभर्नर टसलकाे अषर सेयर बजारमा, १ अर्ब २७ करोडको कारोबार हुदाँ ७ उपसूचक राताम्य



काठमाडौं । बजेट भाषण पछि निरन्तर ओरालो लागेको शेयरमा बजारमा आजै समेत सुधार आउन सकेको छैन । शेयर बजार निरन्तर राताम्य भइरहेदा कारोबार समेत खुम्चि रहेको छ ।

दुई नियमनकारी निकायविच चलेकाे द्वन्द्वले सेयर बजार निरन्तर गिर्दाे अवस्थामा रहेकाे छ । अर्थमन्त्री जनार्दन शर्मा सेयर बजार बढाउन चाहन्छन भने गभर्नर महाप्रसाद अधिकारी नितीगत रूपमा बजार फ्रि छाेड्न चाहँदैनन् । त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवामाथि लगानीकर्ताकाे प्रेसर परेकाे छ । प्रधानमन्त्री देउवाले आइतबार बजारलाई प्रभावित हुने कुनै निती नलिन गभर्नरलाई फाेन गरेर सुझाएका छन् ।

मौद्रीक नितिको तेस्रो समिक्षा पश्चात घटेको शेयर बजार बजेट पछि सुधार आउने आशा गरिएकोमा बजेटमा लगानीकर्ताहरुलाई उत्साहित बनाउने आसै कुरा नसमेटिएको हुदाँ शेयर बजारमा सुधार आउन नसकेको हो । लगानीकर्तामा उत्साह नआउदा कारोबार समेत १ अर्बमा सिमित भइरहेको छ ।

कारोबार मौद्रीक नितिको तेस्रो समिक्षा अगाडि ८ अर्ब भन्दा माथि पुग्ने गरेको छ । साथै, कुनै समयमा ३२०० विन्दु सम्म पुग्ने शेयर बजार आजभोलि २००० बिन्दुमा रोकी रहेको छ । लगानीकर्ता बजेटमा पूँजी बजार सम्बन्धी नयाँ कुरा समेटिने आशामा बसेको र बजेटमा माग खासै माग पुरा नहुदाँ लगानी गर्ने डराइ रहेको अवस्था छ ।

यो साताको पहिलो कारोबारको दिने नेप्से परिसूचक १२.९२ अकंले घटेर २०६५.७८ विन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से परिसूचक ३३.७६ अकंले घटेर २०७८.७० बिन्दुमा बन्द भएको थियो ।

सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँको कारोबार भएको थियो ।

सोमबार ६ उपसूचक हरियाली छाएको छ । आज विकास बैंक समूहको ०३३ प्रतिशत, फाइनान्स समूहको ०.२२ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.४२ प्रतिशत, अन्य समूहको ०.१ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.५३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२७ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यस्तै, आज बैंक समूहको १.३२ प्रतिशत, ब्यापार समूहको ०.०१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशत, हाइड्रोपावर समूहको ०.२२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.५८ प्रतिशत, जीवन बीमा समूहको २.०१ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.३१ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्