नेप्सेमा २८ लघुवित्तको झण्डै ३ करोड कित्ता बोनस शेयर सूचीकृत, अझै १७ लघुवित्तको सूचीकृत हुन बाँकी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्सेमा २८ लघुवित्तको झण्डै ३ करोड कित्ता बोनस शेयर सूचीकृत, अझै १७ लघुवित्तको सूचीकृत हुन बाँकी



काठमाडौं । गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गरिएको बोनस शेयर सूचीकृत हुने प्रक्रिया चलिरहेको छ । जसमा बैंक तथा वित्तीय संस्थाहरुको बोनस शेयर पनि नेप्सेमा सूचीकृत हुने प्रक्रियामा रहेका छन् । जसमध्ये गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट विभिन्न ४६ वटा लघुवित्तले लाभांश वितरण गरेका थिए । अधिकांश लघुवित्तको वार्षिक साधारण सभाले उक्त लाभांश पारित समेत गरिसकेको छ ।

तर बोनस शेयर घोषणा गरेका लघुवित्त संस्थाहरुमध्ये हालसम्म २८ वटा लघुवित्त वित्तीय संस्थाहरुको मात्रै नेप्सेमा बोनस शेयर सूचीकृत भएको छ । अझै विभिन्न १७ वटा लघुवित्त वित्तीय संस्थाहरुको बोनस शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । हालसम्म विभिन्न २८ वटा लघुवित्तको २ करोड ७० लाख ४ हजार ६७२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा बोनस शेयर सूचीकृत भएका लघुवित्तहरु

१. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापत ६ लाख ४० हजार ९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२. आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ६७ हजार ८२८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

३. साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ४२ हजार ४५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४. गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६.९०६४ प्रतिशत बोनस शेयर बापतको १ लाख ४१ हजार कित्ता शसेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनस शेयर गरी कूल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

५. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार १९८.२४ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

६. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको ४ लाख ६० हजार ३०.६२१ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।

७. महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५ प्रतिशत बोनस बापतको ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगर गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

८. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २० लाख कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

९. फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर वापतको ८ लाख ७६ हजार ८१२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको २ लाख ४१ हजार ९७७.८२५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ८ लाख २३ हजार ८८८.८० कित्ता बोनस शेयर नेप्सेका सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१२. साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ३१ लाख २८ हजार ८२७.४५५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१३. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.०५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ३९ हजार ७२७.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद गरी कूल ३२.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१४. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस शेयर बापतको २ लाख ९७ हजार ३२१.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.७ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१५. आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २० लाख ६८ हजार ४४३.८८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१६. नेशननल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस शेयर बापतको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१७. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको २८ प्रतिशत बोनस शेयर बापतको १२ लाख ८ हजार ७८९.१५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

१८. विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस शेयर बापतको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २०.०३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५४ प्रतिशत नगद गरी कूल २१.०८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१९. इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको २७.७० प्रतिशत बोनस बापतको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत गरी कूल २९.१९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२०. सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको ४ लाख ९६ हजार ८५.८५ कित्ता नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

२१. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ प्रतिशत बोनस शेयर वापतको ४९ लाख ४१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

२२. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ प्रतिशत बोनस शेयर वापतको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

२३. कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस शेयर वापतको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

२४. उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर वापतको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोसन शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

२५. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर वापतको ५ लाख ७१ हजार २४०.३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२६. महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस वापतको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

२७. आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको ७ लाख ३१ हजार ९५९.७६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२८. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर बापतको १ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५७८९ प्रतिशत नगद गरी कूल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत हुन बाँकी लघुवित्त

२९. जीवन विकास
३०. फरवार्ड लघुवित्त
३१. निर्धन लघुवित्त
३२. मिथिला लघुवित्त
३३. जनउत्थान लघुवित्त
३४. समिट लघुवित्त
३५. स्वाबलम्बन लघुवित्त
३६. किसान लघुवित्त
३७. एनएमबि लघुवित्त
३८. नेरुडे लघुवित्त
३९. डिप्रोक्स लघुवित्त
४०. नाडेप लघुवित्त
४१. आरम्भ चौतारी लघुवित्त
४२. मिर्मिरे लघुवित्त
४३. आधिखोला लघुवित्त
४४. नयाँ सारथी लघुवित्त
४५. वीन नेपाल लघुवित्त
४६. एनआईसी एशिया (नगद मात्रै वितरण गरेको थियो ।)


प्रतिक्रिया दिनुहोस्