तरलताको समस्या समाधान मौद्रिक नीतिले गर्छः अर्थमन्त्री शर्मा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तरलताको समस्या समाधान मौद्रिक नीतिले गर्छः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको तरदताको समस्या समाधन मौद्रिक नीतिले गर्ने बताएका छन् । आइतबार आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री शर्माले अब आउने मौद्रिक नीतिले अहिलेको तरलता समस्यालाई सम्बोधन गर्ने बताएका हुन् ।

उनले विदेशबाट लगानी भित्र्याएर र पूँजी परिचालन गरि तरलता समस्या समाधा गर्ने बताए । ‘केही नितीगत कुराहरुले पनि तरलता न्यून गरेको छ । अब आउने मौद्रिक नीतिले सुधार गर्नुपर्ने छ । राष्ट्र बैंकले व्यवसायीहरुले भनेको कुराहरु पनि सुनेको छ । मौद्रिक नीति मार्फत् सुधार गरिनेछ । उनले भने, ‘विभिन्न क्षेत्रको लगानी भित्र्याउने, पुर्वाधार क्षेत्रमा लगानी भित्र्याउने छौं । त्यो लगानी भित्र्याउने र हामीसँग भएको पूँजीको परिचालन गरि तरलतालाई न्यून जान सकिन्छ ।’

पूर्वाधार निर्माणका लागि लगानी संकलन गरेर भएपनि तरलता संकट समाधान हुने अर्थमन्त्री शर्माको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्