बागमती प्रदेश सरकारले १३ अर्ब रुपैयाँ थपेर ल्यायो ७० अर्ब ९३ करोड रुपैयाँको बजेट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बागमती प्रदेश सरकारले १३ अर्ब रुपैयाँ थपेर ल्यायो ७० अर्ब ९३ करोड रुपैयाँको बजेट



काठमडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । बागमति प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको हो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रदेशसभाको बुधबारको वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले प्रस्तुत गरेको बजेट अनुसार चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११.७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २।८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरिएको हो ।

प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्