सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ



काठमाडौं । सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७९–०८० को बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले बुधबार प्रदेश सभामा आगामी आर्थिक बर्षका लागि ३६ अर्व ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले चालुतर्फ ३३.४६ प्रतिशत अर्थात् १२ अर्व २९ करोड ५९ लाख ८४ हजार रुपैयाँ र पुजिगत तर्फ ६५.७४ प्रतिशत अर्थात् २४ अर्व १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

प्रदेश सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३.७३ प्रतिशत अर्थात् १ अर्व ३६ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्