मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड रुपैयाँ
काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको रकम विनियोजन गरेका हुन् । साथै उनले वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट छुट्याएका छन् ।













