विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुदैं, १ लाख ३६ हजारले मात्र पाउने
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ शुक्रबार (असार ३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३ बजेपछि क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
यसमा मागभन्दा १६.०९७ गुणा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । हाइड्रोपावर जेठ २० गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । जसमा १ लाख ३६ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २०१ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराकरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत ग













