पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो, पेट्रोल ६.५२ रुपैयाँ बढ्दा डिजेल कति पुग्यो ?
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम दिार्थको नयाँ मूल्यसूच पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले बिहीबार पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।
नयाँ मूल्यसूची अनुसार आईओसीले पेट्रोल प्रतिलिटर ६.५२ रुपैयाँ र डिजेल प्रतिलिटर १९।०३ रुपैयाँ बढेर आएको छ । नयाँ मूल्यसूचीक अनुसार मट्टितेलको मूल्य भने यथावत रहेको छ ।
त्यस्तै, हवाइ इन्धनको मूल्य १९.९१ रुपैयाँ बढेको छ भने एलपी ग्यासको मूल्य भने स्थिर रहेको छ ।
नयाँ लागत मूल्य अनुसार मासिक घाटा करिब ९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने देखिएको निगमले जनाएको छ । निगमले पाक्षिक अनुमानित घाटा ४ अर्ब ८१ करोड ९१ लाख रुपैयाँ हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।














