शिखर नगरपालिका-११ ले योजना छनोटको लागि टोल भेला गर्दै
काठमाडौं । डोटी जिल्ला शिखर नगरपालिका वडा न ११ ले योजना छनोटको लागि टोल भेला गर्ने भएको छ । बडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर बिष्टले एक सूचना प्रकाशित गर्दै टोल भेला गर्ने जनाएका हुन ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत योजना तथा कार्यक्रमका लागि योजना छनोट हुन लागेको हो । वडा भित्ररहेका १० वटै टोलमा असार ६ गतेे र ७ गते बिभिन्न समयमा भेला हुन लागेको छ ।
साथै, उक्त भेलामा टोल बासिन्दाहरुलाइ उपस्थितका लागि वडाले आग्रह समेत गरेको छ ।














