इन्धनको मूल्य बढ्दा पेट्रोल १३.५८, डिजेल १३.९५ र एलपी ग्यास ७५१.१४ रुपैयाँ सस्तोमा बिक्री गर्दै - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इन्धनको मूल्य बढ्दा पेट्रोल १३.५८, डिजेल १३.९५ र एलपी ग्यास ७५१.१४ रुपैयाँ सस्तोमा बिक्री गर्दै



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियमा पदार्थको मूलय बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोलमा २१ रुपैयाँ बढेर प्रतिलिटर १९९ रूपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढेर प्रतिलिटर १९२ रूपैया पुगेको छ ।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ १९ रुपैयाँ बढेर प्रतिलिटर १८५ रुपैयाँ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको नेपाल आयल निगमले जनाएको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा २३५.०४ करोड रुपैयाँ घाटा हुने देखिएको छ भने एक महिनामा झण्डै ४ अर्ब ७० करोड रुपैयाँ घाटा हुने निगमले बताएको छ । जसमा एलपी ग्यासमा मात्रै २ अर्ब २८ करोड रुपैयाँ घाटा हुने भएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर २१२.५८ रुपैयाँमा खरिद गरिहरेको छ । तर १३.५८ रुपैयाँ सस्तो गरी निगमले प्रतिलिटर १९९ रुपैयाँमा बिक्री गरिरहेको छ । जसले गर्दा निगमलाई १५ दिनमा ४१.२६ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

यता डिजेल प्रतिलिटर २०५ रुपैयाँमा खरिद गरिरहेको निगमले १३.९५ रुपैयाँ सस्तो अर्थात घाटा खाएर १९२ रुपैयाँमा बिक्री गरिरहेको छ । जसले गर्दा निगमलाई १५ दिनमा १०९.४१ करोड रुपैयाँ घाटा हुने देखिन्छ ।

यता एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ५५१.१५ रुपैयाँमा खरिद गरि १ हजार ८ सय रुपैयामा बिक्री गरिरहेको छ । निगमले एलपी ग्यास ७५१.१४ रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ । जसलेगर्दा निगमलाई १५ दिनको अवधिमा ११३.९७ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

तर मट्टितेल १४८.९४ रुपैयाँमा खरिद गरि १९२ रुपैयाँमा बिक्री गर्दा लिटरमा ४३.०६ रुपैयाँ फाइदा हुने देखिन्छ । जसले गर्दा १५ दिनको अवधिमा ३.६६ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिक र बाह्यतर्फबाट पनि निगलाई फाइदा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्