१० श्रावण २०८३, आइतबार

अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नजिता



काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ असार ८ गते बुधवार बाँडफाँट भएको जनाएको हो ।

कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दामाका लागि १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा आईपीओ जारी गरेको कम्पनीले असार २० गतेदेखि सर्बसाधारणका लागि आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमवी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट www.nmbcl.com.np मार्फत हेर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्