विन नेपाल लघुवित्तको नयाँ संचालक समिति, अध्यक्षमा मदन गोपाल श्रेष्ठ चयन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विन नेपाल लघुवित्तको नयाँ संचालक समिति, अध्यक्षमा मदन गोपाल श्रेष्ठ चयन



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति थगठन गरेको छ । लघुवित्तको सातौं वार्षिक साधारणसभाले उक्त समिति गठन गरेको हो ।

उक्त साधारण सभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व हुने संचालक पदमा ४ जना डा. मदन गोपाल श्रेष्ठ, कुमार राज जोशी, सुकुमान डंगोल र रमादेवी श्रेष्ठ र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना एन्जिला न्यौपाने र राजु केसी चयन भएका छन् ।

साथै, जेठ ३१ गते बसेको संचालक समितिको बैठकले मदन गोपाल श्रेष्ठलाई अध्यक्षमा चयन गरी असार १३ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टबाट पद तथा गोपनियताको शपथ समेत लिइ सकेका छन् ।


प्रतिक्रिया दिनुहोस्