१५ श्रावण २०८३, शुक्रबार

विद्यालय शिक्षाकेन्द्रित ‘पढाइका कुरा’ सार्वजनिक



काठमाडौं । विद्यालय शिक्षा सुधारका विविध विषयमा केन्द्रित पुस्तक ‘पढाइका कुरा’ सार्वजनिक भएको छ । वी रिडले प्रकाशन गरेको पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस्था लगायत विषय समेटिएका छन् ।

गुणस्तरीय शिक्षाको चुनौती, सिकाइका महत्वपूर्ण विधि, शिक्षामा परिवारको भूमिका, विद्यार्थी कसरी पढाउने ? जस्ता विषयमा पनि पुस्तकले चर्चा गरेको छ । लेखक मनवीर नेपालीले जन मोडेल मावि वीरेन्द्रनगरबाट २०४८ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे पछि सोही विद्यालयमा पढाउँदै आफ्नो अध्ययनलाई अगाडि बढाए ।

स्थायी रूपमा शिक्षण पेसा अघि बढ्न नसकेपछि उनी शिक्षामा कम गर्ने विभिन्न संस्थामा जोडिए । विद्यालयहरूमा शिक्षाका कार्यक्रम, अनुगमन र शिक्षक तालिम दिँदै जाँदा नेपालका दुर्गम ठाउँमा पुग्ने अवसर पाए । उनी भन्छन्, ‘शिक्षक हुन नपाएको झोँकमा पढाइका कुरा जन्मिएको हो ।’