१५ श्रावण २०८३, शुक्रबार

रामेछापमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु



काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । घटनामा कति जना घाइते भएका बिषयमा कुनै जानकारी नआएको हुदाँ मृतकको संख्या बढ्नसक्ने अनुमान गरीएको छ ।