नेपालमा २ जनालाई ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको हो ।
संक्रमित केसको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हरेक दुई हप्तामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङको व्यवस्था गरिएको छ । मंगलबार प्राप्त ३२ वटा नमुनाको नतिजामा दुई जनामा बीए.५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको थियो ।
बाँकी २८ वटामा बीए.२ र दुईवटा बीए.१ सब भेरियन्ट पुष्टि भएको छ । मन्त्रालयले बीए.२ र बीए.१ सब भेरियन्टको फैलावटलाई विस्थापित गर्दै बीए.५ सब भेरियन्ट सक्रिय बनेको जानकारी दिएको छ ।













