आईपीओ निष्कासनको अनुमति माग्दै सानिमा मिडिल तमोर हाइड्रोपावर बोर्डमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईपीओ निष्कासनको अनुमति माग्दै सानिमा मिडिल तमोर हाइड्रोपावर बोर्डमा



काठमाडौं । आईपीओ निष्कासनको अनुमति माग्दै सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासनको अनुमति माग्दै हाइड्रोपावरले असार २४ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्