टेकस्टूडियोले साउन ३ गते आफ्नो दराज ब्रान्ड डे मनाउँदै
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ गन्तव्य दराजले ब्रान्ड डे सिरिजमा नेपालको एक प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेकस्टूडियोका साथमा हाईफ्यूचर, रिम्याक्स, एक्वाफिट र वीवु सहित जुलाई १९, २०२२ अर्थात मिति २०७९ साउन ०३ गते विभिन्न उत्पादनहरूमा विशेष डिलहरू प्रदान गर्दै आफ्नो प्लेटफर्ममा अर्को ब्रान्ड अनावरण गरेको छ।
ब्रान्ड डेमा स्मार्टवाचहरू, स्पिकरहरू, टीडब्लुएस इयरबडहरू, ल्यापटपका सामानहरू र अन्य धेरै ब्राण्डहरु उपलब्ध गराएको छ। टेकस्टूडियो एक घरेलु नेपाली ब्रान्ड हो जसले सामाजिक सञ्जालमा यसको रमाइलो समीक्षाहरूले ग्राहकहरू बीच उत्कृष्ट प्रतिष्ठा हासिल गरेको प्रमाणित गरेको छ। उच्च गुणस्तरका ब्रान्डहरूको दायरा, त्यो पनि किफायती दरमा ल्याएर टेकस्टूडियो नेपालमा एक अग्रणी स्मार्टवेयर र एसेसरिज कम्पनी साबित हुँदैछ। र अब, १९ जुलाई, २०२२ मा एक दिनको लागि, विशेष छुटहरू, रोमाञ्चक सङ्कलनयोग्य भाउचरहरू र दराजमा मात्र पाईने उत्कृष्ट डिलहरूसहित, नयाँ र पुराना ग्राहकहरूका लागि ब्रान्डले अफरमा उत्कृष्ट उत्पादनहरु ल्याएको छ।
टेकस्टूडियोका बजार प्रबन्धक रजील शाक्यले आफ्ना नियमित ग्राहकहरुलाई नयाँ अनुभव दिन र अनलाईमा समेत टेकस्टूडियोका उत्कृष्ट उत्पादनहरु किन्न सहज बनाउन ब्रान्ड डे मनाउन लागेको जानकारी दिए। यो एक दिने ब्रान्ड डेको अवसरमा १९ जुलाई, २०२२ को मध्यरातदेखि २३स्५९ सम्मको अवधिमा खरिदकर्ताहरूले दराजमा टेकस्टूडियोको उत्पादनहरूमा ५१५ सम्म छुट, उत्पादनहरूमा निःशुल्क डेलिभरी, रोमाञ्चक कलेक्टेबल भौचरहरू प्राप्त गर्न सक्छन्।
त्यसैले तपाईँपनि जुलाई १९ तारिखको दिन सम्झनुहोस् र टेकस्टूडियोले अफर गर्ने आकर्षक र उत्कृष्ट उत्पादनहरुको मज्जा लिन सकिनेछ ।













