१६ श्रावण २०८३, शनिबार

एकैदिन १३५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको थिए । पहिल्लो २४ घण्टामा १ जना संक्रमितको मूत्यु भएको छ ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको भने २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।