सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाट भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय क्षेत्रका बासिन्दाका लागि खुला गरेको आईपीओ साउन २ गते बाँडफाँट गरेको हो ।

कम्पनीले असार २ गतेदेखि २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई १०० अंकित मूल्यको ३ लाख कित्ता शेयर विक्री खुला गरेको थियो । जसमध्ये १ लाख ७८ हजार ९४० कित्ता शेयर बाँडफाँट गरेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उक्त बाँडफाँट सम्बन्धी नजिता बिक्री प्रबन्धकको वेवासाइट www.niblcapital.com मार्फत हेर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्