१००% प्रतिफल दिन सफल ग्लोबल आइएमई क्यापिटलले ल्याएको अर्को फण्डको आवेदन दिने अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१००% प्रतिफल दिन सफल ग्लोबल आइएमई क्यापिटलले ल्याएको अर्को फण्डको आवेदन दिने अन्तिम दिन



काठमाडौं । गत वर्ष ग्लोवल आइएमई समुन्नत योजना १ सञ्चालन गरेर सत प्रतिसत लाभांस दिएको ग्लोवल आइएमई क्यापिटलले गत असार २२ गते अर्को फण्ड निष्काशन गरेको थियो । ग्लोबल आइएमई क्यापिटल हालै निष्काशन गरेको ’ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’मा लगानि गर्ने आज अन्तिम दिन रहेको छ ।

ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने ’ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ आज साउन ०४ गते, बुधबार बैकिङ समय पश्चात निष्कासन तथा बिक्री खुल्ला बन्द गरिन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पारशमणी ढकालले बताए ।

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र आकर्षक प्रतिफल दिन सफल ग्लोबल आइएमई समुन्नत योजना १ सञ्चालन गरिरहेको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई गत असार २२ गतेदेखी निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम एक करोड २० लाख इकाईसम्म खरिद गर्न सक्ने छन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्वा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्