श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे चयन
काठमाडौं । श्रीलंकामा रनिल विक्रमसिंघेलाई नै श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको छ । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् ।
उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन् । २२३ सांसद रहे पनि २ जना सांसद मतदानमा अनुपस्थित भएका थिए ४ मत बदर भयो ।
राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।
देश आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेसँगै देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गरिएको हो ।













