आईपीओ निष्कासनको अनुमति माग्दै ३ कम्पनीले दिए बोर्डमा आवेदन, कुनको कति ?
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा ३ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । अप्पर स्याङ्गे हाइड्रोपावर, ट्रेड टावर र रावा इनर्जी डेभलपमेण्ट कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन ।
अप्पर स्याङ्गे हाइड्रोपावर
अप्पर स्यायाङ्गे हाइड्रोपावर लिमिटेडले असार ३१ गते ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकितमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र दोस्रा चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न छ । विक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
ट्रेड टावर
ट्रेड टावर लिमिटेडले ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्न असार १४ गते आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकितमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र दोस्रा चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
रावा इनर्जी डेभलपमेण्ट
रावा इनर्जी डेभलपमेण्टले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि असार १४ गते बोर्डमा आवेदन दिएको हो । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने छ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













