एकैदिन थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर र एन्टिजेन गरी ३ हजार ९८१ जनाको नमुना परीक्षण गर्दा ३९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमित निको भएका छन् भने हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ ७६ जना पुगेको छ ।
२४ घण्टामा एक लाख २१ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













