थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४३५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६६७ जनाको पीसीआर र १ हजार ९०२ जनाको एन्टिजेन परीक्षण गरेको थियो । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५३५ पुगेको छ । भने २४ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन् ।












