आज ४ बजे सार्वजनिक गरिने गरी मौद्रिक नीति पारित, कर्जा नियन्त्रण गर्दै राष्ट्र बैङ्क - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आज ४ बजे सार्वजनिक गरिने गरी मौद्रिक नीति पारित, कर्जा नियन्त्रण गर्दै राष्ट्र बैङ्क



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ । आज बिहान ८ बजेदेखि बसेको राष्ट्र बैङ्क सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेको हो । बिहान गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय भएको हो । 

मौद्रिक नीतिले बैङ्किङ क्षेत्रबाट प्रवाह हुने कर्जामा नियन्त्रण गर्ने नीति लिने जनाइएको छ । जाने कर्जा नियन्त्रण गर्दै नेपाल राष्ट्र बैङ्कले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको बुझिएको छ । राष्ट्र बैङ्कको सञ्चालक समितिको बैठकमा कर्जा बिस्तार नियन्त्रण गरेर जानु पर्ने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

अर्थतन्त्र  लयमा ल्याउन मौद्रिक नीति मार्फत गभर्नर अधिकारीले कठोर हुने सङ्केत गरिसकेका छन् । उता निजी क्षेत्रले पनि कसिलो मौद्रिक नीति आवश्यक रहेको बताउँदै आएको छ । गभर्नर अधिकारीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ब्रिफिङ गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्