१६ श्रावण २०८३, शनिबार

नागरिकता विधेयकबारे सही सूचना संप्रेषण गर्न सञ्चार माध्यमलाई महामन्त्री थापाको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेयकबारे सही सूचना संप्रेषण गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् ।

आज शुक्रबार हेटौंडामा जारी कांग्रेस निकट नेपाल प्रेस युनियनको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकता विधेयकबारे सबैको भिन्न दृष्टिकोण रहेकाले छलफल गर्न सकिने बताएका छन् । संसद्‌मा पेस भएको नागरिकता विधेयकमाथि विभिन्न कोणबाट छलफल गर्न सकिने थापाको भनाइ छ ।
नागरिकता विधेयकबारे आम सञ्चार माध्यममा आएका विषयका आधारमा आम नागरिकहरूले आफ्नो मत बनाउने भएकाले तथ्यगत कुरा मात्र सम्प्रेषण गर्न महामन्त्री थापाले सञ्चार माध्यमलाई आग्रह गरेका छन् । उनले भने, ुछलफलका विषयलाई सही ढंगले सम्प्रेषण सकेनौंँ भने, धेरै नागरिकहरुको मत मत शेरबहादुर देउवा नेतृत्वको सरकारले हुँदै नभएको व्यवस्था लागू गर्न खोज्यो भन्ने बन्न सक्छ । त्यसैले, सूचनालाई सही ढंगले प्रस्तुत गर्न तपाईंहरूको भूमिका महत्त्वपूर्ण रहन्छ ।ु

सञ्चार माध्यमले आम मानिसहरुलाई सत्य–तथ्य सूचना प्रवाह गरी नागरिकता विधेयकबारे रहेका भ्रम र उत्तेजना कम गर्नुपर्ने नेता थापाको भनाइ छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने कुरा छलफलको विषय भएको थापाले जानकारी दिए ।